मुगुका किसान स्याउ गोडमेलमा ब्यस्त

मुगुको छायाँनाथ रारा नगरपालिकास्थित ताल्चा गाउँका किसान स्याउको बिरुवा काँटछाँट गर्दै । तस्बिर : राजबहादुर शाही/रेडियो कान्तिपुर । 

माघ १२, २०७७ | मुगु

मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्च गाउँका हरि रोकाया बारीको स्याउ गोडमेल र बोट काँटछाँटमा ब्यस्त छन् । बोटको कोपिला पलाउने र फूल्ने मौसम सुरु हुन थालेपछि रोकायाका परिवार स्याउ बारीमा अग्लो हाँगा कीरा लागेको बोट काटने र बोट वरिपरि गोडमेल गरी झारपात सफा गर्ने काममा दिनरात खटिएका छन् । 

अर्का स्याउ किसान कर्ण रावल पनि बिहानदेखि बेलुकासम्म स्याउबारीमै ब्यस्त देखिन थालेका छन् । घरको अरु काम छोडेर स्याउ काँटछाँट गर्न दिनहुँ स्याउबारीमा धाउने गरेको रोकायाले बताए । हिजोआज ताल्चा, मइतु, झापागार्ड, बाम, रोवा, सोभा, सोरुकोट, खमाले, माथितुम, झयारी, मुर्मा लगायत लेकाली गाउँ बस्तीका किसानहरु स्याउ काँटछाँट गोडमेल गर्ने कामतिर ब्यस्त देखिएका छन् । 

स्याउको रुख अग्लो भए धेरै नफल्ने काँटछाँट गरेर होचो बनाए धेरै फल्ने किसानको भनाई छ । बोट वरिपरि गोडेमल हाल्ने बोट फेदमा हरियो चुना लगाउने भत्किएको पर्खाल बारी मर्मत गर्ने काममा किसान खटिएका छन् । 

स्याउका बिरुवा काँटछाँट नगरे कीरा, धमिरा जस्ता लाग्ने तथा अन्य रोगको प्रकोप समेत फैलन सक्ने भएकाले किसानले स्याउका बगैंचामा रहेको बोट अनिवार्य काँटछाँट गर्नुपर्ने जिल्ला कृषि कार्यालयमा कार्यरत कृषि प्राविधिकको भनाई छ । स्याउको रुख काँटछाँट गोडमेल र मल हाल्ने काममा किसान स्याउबारीमा ब्यस्त देखिएको जिल्ला कृषि विकास कार्यालय प्रमुख कमल सुनारले बताए । 

स्याउको बोट काँटछाँट गर्न यस कार्यालयबाट प्राविधिक किसानको बारी खटाईने गरेको उनको भनाई छ । जिल्लाको लेकाली बस्तीमा स्याउ फल्ने गरेको भएपनि बाम, ताल्चा, मइतु, माथितुम, मुन्दु, खमाले लगायत क्षेत्र स्याउ पकेट क्षेत्र मानिएको छ ।


प्रतिक्रिया