सातामा २ दिन बिदा दिने निर्णय कार्यान्वयनलाई लिएर निजी क्षेत्र अन्यौलमा

रेडियो कान्तिपुर संवाददाता

वैशाख २५, २०७९

आगामी जेठ १ गतेदेखि लागू हुनेगरी सातामा दुई दिन बिदा दिने सरकारी निर्णय कार्यान्वयनलाई लिएर निजि क्षेत्रमा अन्यौलमा देखिएको छ । समग्र अर्थतन्त्रको झण्डै ७० प्रतिशत हिस्सा आगटेको निजी क्षेत्र शनिबार र आइतबार श्रमिकहरुलाई बिदा दिदा उत्पादन घट्न सक्ने भन्दै अन्यौलमा देखिएका हुन । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले शनिबार र आइतबार श्रमिकलाई बिदा दिनेबारे हालसम्म निर्णय गर्न सकेका छैनन । निर्णय कार्यान्वयनबारे छलफल भइरहेको र सम्भवत यो हप्ता टुङगोमा पुग्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघभित्र निर्णय कार्यान्वयन गर्नुपर्ने र सो नियम लागु गर्दा उत्पादनमा समस्या आउने भन्दै दुई पक्षबिच मत बाझिएको छ । श्रम ऐन २०७४ अनुसार रोजगारदाताले श्रमिकलाई हप्तामा प्रतिदिन ८ घण्टाका दरले हप्तामा ४८ घण्टा काम लगाउन पाउने उल्लेख छ ।

हप्तामा शनिबार र आइतबार बिदा दिने सरकारी निर्णयलाई लिएर सकरात्मक रहेको चेम्बर अफ कमर्सले जनाएको छ । रोजगारदाताले श्रमिकलाइई सातामा ४० घण्टा काम लगाउने अन्र्तराष्ट्रिय अभ्यास रहेकाले नेपालमा पनि यसलाई व्यवस्थित गरेर कार्यान्वयन गर्न सकिने चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । श्रमिकले राम्रो सुविधा पाउनुका साथै आन्र्तरिक पर्यटन प्रवद्र्धन हुनभएकाले आफुहरु भने निर्णय कार्यान्वयनको लागि तयारी गरीरहेको मल्लको भनाई छ ।

नेपाल उद्योग परिसंघ भने साताको २ दिन बिदा दिदा उद्योग क्षेत्रमा समस्यामा पर्ने भन्दै पर्ख र हेरको स्थितिमा देखिएको छ । यसविषयमा छलफल भइरहेको तर निष्कर्षमा भने पुग्न बाकी रहेको परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताउनुभयो । हप्तामा २ दिन विदा दिने बारेमा नेपाल बैंङकर्स एशोसिएसनले पनि अहिले सम्म निर्णय गर्न सकेको छैन । 


प्रतिक्रिया