आर्थिक गतिविधि चलायमान हुनेमा उद्योग वाणिज्य महासंघ शशंकित

मंसिर १३, २०७९ | काठमाडौं

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले आर्थिक गतिविधि चलायमान हुनेमा उद्योग वाणिज्य महासंघले शंका व्यक्त गरेको छ । देशभित्र उत्पादन हुन सक्ने दैनिक उपभोग्य वस्तुको समेत आयात उच्च भएकाले अर्थतन्त्रको संरचना असन्तुलित हुन पुगेको महासंघको ठहर छ । 

महासंघले अर्थतन्त्र जोगाऔं भन्ने अभियान नै घोषणा गर्दै बजारमा विद्यमान तरलता अभावलाई यथाशिघ्र सम्बोधन गर्न माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिको समिक्षाले मात्रै बैंकहरुको ब्याजदर नघट्ने बरु बैंकको स्प्रेड दरमा नै केन्द्रीय बैंकले ध्यान पुर्‍याउन सुझाव दिनुभयो । 

वाणिज्य बैकहरुको औसत ब्याजदर ४ दशमलव ४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित कम्पनीको ब्याज ५ प्रतिशतबाट ४ दशमलव ६ प्रतिशत लगायत व्यवस्था कायम गर्न महासंघले आग्रह गरेको छ । निजीक्षेत्रको सुझाव कार्यान्वयनमा आउँदा बजारमा तरलता अभाव कम गर्दै जाने दाबी महासंघको छ । 


प्रतिक्रिया