सरकार र एफएओबीच पाँच वर्षे योजना सम्झौता

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३, २०८० | काठमाडौं

दिगो विकासका लागि नेपाल सरकार र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओबीच करीब साढे १५ अर्ब रुपैयाँको कार्यायोजना सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्याक्रममा नेपाल सरकार र एफएओबीच १५ अर्ब ४० करोड ४८ लाख रुपैयाँको पाँच वर्षे कार्यायोजना सम्झौता भएको हो ।

सरकार तर्फबाट अर्थ मन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि एफएओका प्रतिनिधि केन सिमिजुले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सन् २०२३ देखि २०२७ का लागि भएको सो सम्झौतामा दिगो विकासका लक्ष्य, रणनीतिक कार्य लगायतलाई प्राथमिकता दिइनेछ ।

यस्तै, सो योजनामा कृषि उत्पादन, पोषण, वातावरणीय र गुणस्तरीय जीवनको दिगो बिकासका लागि कार्यसमेत गरिनेछ । यस्तै, एक राष्ट्र एक उत्पादन, भोकमरीको अन्त्य र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ । 


प्रतिक्रिया