एसियाली विकास बैंकले नेपालको ३९ अर्ब बढी रुपैयाँ ऋण दिने

जेष्ठ ४, २०८० | काठमाडौं

एसियाली विकास बैंक (एडीवी) ले नेपालको सडक स्तरोन्नतीका लागि ३९ अर्ब ५० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । नेपालको अन्तराष्ट्रि व्यापारका लागि महत्वपुर्ण मानिएको भापाको काकडभित्ता –लौकाही सडकखडको स्तरोन्तीका लागि एडीवीले सो ऋण उपलव्ध गराउन लागेको हो ।

खासगरी भारत र बंगलादेशसंगको व्यापारका लागि काकडभित्ता –लौकाही सडक खण्डको स्तरोन्नती महत्वपुर्ण हुने दाबी गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्डका लागि उपलव्ध हुने सो ऋण दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक समन्वय करिडोर अर्न्तगत रहेको एडीवीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

३९ अर्ब ५० करोड ऋण सहयोगले पूर्वपश्चिम राजगमार्गको पूर्वाधार विकास र सडक सञ्जालको स्तरोन्नती र सुरक्षा प्रदान गर्न सहयोगी हुने एडीवीको दाबी छ । हाल २ लेनमा रहेको कडभित्ता– लौकाही क्षेत्रको ९५ किलोमिटर सडकलाई ४ लेनको बनाउन लागिएको हो ।  


प्रतिक्रिया