इनर्जी ड्रिङ्सको आयातमा लगाइएको प्रतिबन्ध हटाइने

जेष्ठ ४, २०८० | काठमाडौं

सरकारले शक्तिवर्द्धक पेय पदार्थको आयातमा लगाइएको प्रतिबन्ध हटाउने संकेत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधिसँगको भेटमा शक्तिवर्द्धक पेय पदार्थको आयातमा लगाइएको प्रतिबन्ध हटाउन आफू तयार रहेको बताउनुभयो ।

आयातमा प्रतिबन्ध लगाए पनि चोरी पैठारी कायमै रहेकोले ठूलो परिमाणमा राजस्व गुमिरहेको भन्दै आयात खुलाउन आफूले प्रयास गर्ने बताउनुभयो । सरकारले २०७६ असार पहिलो सातादेखि शक्तिवर्द्धक पेय पदार्थ अर्थात् इनर्जी ड्रिङ्स लगायतको आयातमा प्रतिबन्ध लगाएको थियो । आयातमा प्रतिबन्ध लागेपछि यसको चोरी पैठारी बढेको भन्दै व्यवसायीले प्रतिबन्ध खुलाउन माग गर्दै आएका छन् । 


प्रतिक्रिया