नेपाल चेम्बर एक्स्पो २०२३ व्यापार मेला सुरु

जेष्ठ ४, २०८० | काठमाडौं

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उदेश्यले काठमाडौंमा नेपाल चेम्बर एक्स्पो सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा भएको एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेशका गरी १ सय ५० वटा स्टल राखिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आज एक समारोहका बीच एक्स्पोको उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री भण्डारीले यस्ता खालका प्रदर्शनीबाट नेपाली उद्यमी व्यवसायीले अन्तराष्ट्रिय बजारमा अनुभव तथा अवसरहरु प्राप्त गर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादन स्रोत साधनलाई प्रवर्द्धन गरी निर्यातको वातावरण सृजना गर्नुपर्ने बताउनुभयो । ५ दिनसम्म चल्ने एक्सपोमा हस्तकला, जडिबुटी, अटोमोबाइल, गार्मेन्ट लगायतका सामग्री राखिएको चेम्बरले जनाएको छ । 


प्रतिक्रिया