कर्णालीको बजेट खर्च निराशाजनक

जेष्ठ ६, २०८०

कर्णाली प्रदेशको बजेट खर्च निराशाजनक देखिएको छ । चालू आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहेको अवस्थामा कर्णाली प्रदेश सरकारले ३१ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाखसम्म चालूतर्फ ३८ दशमलव ८२ प्रतिशत र पुँजीगत तर्फ २६ दशमलव १५ प्रतिशत बजेट खर्च भएको छ ।

कुल ३२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ मध्ये १० अर्ब २२ करोड १५ लाख रुपैयाँ बजेट खर्च भएको कार्यालयले जनाएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाले सरकार परिवर्तन, कर्मचारीको अभाव लगायत कारणले बजेट खर्च अपेक्षाकृत रुपमा हुन नसकेको बताउनुभयो । 


प्रतिक्रिया