दुई उद्योगलाई ३ अर्ब ७२ करोड जरिवाना

जेष्ठ ७, २०८० | ललितपुर

न्युन कारोबार विवरण देखाएर ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको राजस्व ठगी गरेको भन्दै आन्तरिक राजस्व कार्यलय विराटनगरले दुई उद्योगका नाममा अन्तिम कर निर्धारणको आदेश जारी गरेको छ । कार्यालयले अशोक मुरारका र कृष्णप्रसाद प्रसाँईको संयुक्त लगानीमा सञ्चालीत अवनिश एग्रीगेट इन्डस्ट्रिजको नाममा २ अर्ब ३८ करोड र ओम साईवावा क्रसर उद्योगका नाममा १ अर्ब ३४ करोड राजश्व ठगी गरेको ठहर गर्दै अन्तिम कर निर्धारण आदेश जारी गरेको हो ।

कार्यालयका अनुसार उजुरीका आधारमा अनुसन्धान गर्दा ती दुई उद्योगले जरिवाना र व्याज सहित ३ अर्व ७२ करोड मूल्य अभिबृद्धि कर र आयकर ठगी गरेको पुष्टि भएको हो । कार्यालयले गत वैशाख १९ गते प्रारम्भिक कर निर्धारण आदेश जारी गरेर उद्योगीलाई १५ दिनको म्याद दिएको थियो । 


प्रतिक्रिया