सहुलियतपूर्ण कृषि कर्जा सदुपयोग हुन सकेन

जेष्ठ ८, २०८० | ललितपुर

सरकारले दिने सहुलियतपूर्ण कृषि कर्जाको दुरुपयोग भईरहेको सरोकारवालाले बताएका छन् । कृषि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै बैकिङ विज्ञ डा. नरहरि ढकालले कृषि व्यवासायका लागि प्रवाह भएका ऋण पढाई, वैदेशिक रोजगारी तथा अन्य व्यवासाय लगायतमा खर्च हुने गरेको पाइएको बताउनुभयो । 

कृषि वस्तु उत्पादनमा लगानी नभई बाली भित्र्याउने, बजारीकरणमा खर्च हुने ढकालको भनाई थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सह–सचिव सवनम शिवाकोटी अर्यालले कर्जा प्रवाह गरिसकेपछि बैंकले नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीले हालसम्म २२ अर्ब ३९ करोड रुपैयाँ अनुदान खर्च भएपनि उपलब्धी भने सन्तोषजनक नभएको बताउनुभयो । 


प्रतिक्रिया