सात वटा नयाँ ब्रोकरलाई सञ्चालन अनुमति

जेष्ठ ९, २०८० | ललितपुर

नेपाल धितोपत्र बोर्डले सात वटा नयाँ ब्रोकरलाई सञ्चालन अनुमति लाइसेन्स प्रदान गरेको छ । यसअघि आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका सात वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्ड सञ्चालक समितिको बैठकले सात वटा ब्रोकरलाई सञ्चालन अनुमति प्रदान गर्ने निर्णय गरेको हो । यसअघि बोर्डले नयाँ लाइसेन्सका लागि आहृवान गरेको सूचनामा ४५ वटा आवेदन परेका थिए ।

तीमध्ये एउटा आवेदन आवेदककर्ता आफैंले फिर्ता लिएको र बाँकी दुई वटाको कागजात नपुगेको बोर्डले जनाएको छ । बाँकी रहेका ४२ वटा ब्रोकर आवेदनलाई बोर्डले आशय पत्र दिएको थियो । यी ब्रोकर सञ्चालनमा आइसकेपछि नेपालमा ब्रोकर संख्या ५७ पुग्नेछ । हाल ५० वटा धितोपत्र ब्रोकर सञ्चालनमा छन् ।


प्रतिक्रिया