अष्ट्रेलियामा सिधा उडान गर्ने नेपाल वायुसेवा निगमको तयारी

जेष्ठ १०, २०८० | काठमाडौं

नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी उडानका लागि समय पाएसँगै उडानको तयारी गरेको छ ।सिड्नी विमानस्थलले निगमलाई बुधबार र शनिबार उडानका लागि साताको २ दिन स्लट उपलब्ध गराएसँगै निगमले उडानको तयारी गरेको हो ।

विमानस्थलबाट स्लट पाएसँगै अबको २१ दिन भित्र उडान गर्ने गरि अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सम्पूर्ण विवरण बुझाएको निगमका सह–प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

निगमको वाइडबडीले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान भर्ने तयारी गरेको हो । 


प्रतिक्रिया