एक महिनामा ६१ व्यवसायिक फर्म कारबाहीमा

जेष्ठ १०, २०८० | काठमाडौं

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैशाख महिनामा काठमाडौं उपत्यकाका ६१ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ । उपभोक्ता संरक्षण ऐन बमोजिम व्यवसाय नगर्ने ६१ वटा व्यापारिक फर्मलाई कारबाही गरीएको हो ।

विभागले बजार अनुगमनबाट १३ लाख २० हजार रुपैयाँ जरिवाना संकलन गरेको विभागका प्रवक्ता होमनाथ भट्टराईले बताउनुभयो । विभागले वैशाख महिनामा मात्र कुल २ सय ६० वटा व्यवसायिक फर्ममा अनुगमन गरेको थियो । 


प्रतिक्रिया