निगमले क्वलालम्पुर–भैरहवा एकतर्फी सिधा उडान भर्ने

जेष्ठ ११, २०८० | काठमाडौं

नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एकतर्फी सिधा उडान भर्ने भएको छ । निगमको विमानले जेठ ३० गतेबाट साताको एक दिन प्रत्येक मंगलबार क्वालालम्पुर–भैरहवा उडान भर्नेछ भने भैरहवाबाट सो विमान काठमाडौं आउने व्यवस्था मिलाइएको नेपाल वायुसेवा निगमका सह–प्रवक्ता गणेशकुमार घिमिरेले बताउनुभयो ।

यसैबीच, निगमले हाललाई क्वालालम्पुर–भैरहवाको टिकट दर ११ हजार ४ सय ६१ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, क्वालालम्पुर–भैरहवा–काठमाडौंको टिकट दर १२ हजार ३ सय ४६ कायम छ । 


प्रतिक्रिया