भारतमा पुन नेपालको बिजुली निर्यात सुरु

जेष्ठ १३, २०८० | काठमाडौं

नेपाल विद्युत प्राधिकरणले फेरि भारतमा विद्युत निर्यात सुरु गरेको छ । नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज एक सय मेगावाट विद्युत भारत निर्यात गरेको प्रवक्ता सुरेश बहादुर भट्टराईले बताउनुभयो । प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको भट्टराईले जानकारी दिनुभयो ।

अब केही दिन प्रसारण लाइनको अवस्था जाँचका लागि निर्यात बन्द गरिने र सो पश्चात बढी भएमा निर्यात गर्ने उहाँको भनाई छ । प्राधिकरणले आज करीब ७ रुपैयाँ प्रति मेगावाटको हाराहारीमा बिजुली निर्यात गरेको जनाएको छ । प्राधिकरणले गत पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो ।


प्रतिक्रिया