तल्लो अरुण आयोजना भारतीय कम्पनीलाई

जेष्ठ १४, २०८० | काठमाडौं

लगानी बोर्डले तल्लो अरुण जलविद्युत् परियोजना निर्माणका लागि भारतीय कम्पनी सतलज जलविद्युत निगमसँग गरिने सम्झौताको अन्तिम मस्यौदा अनुमोदनका लागि मन्त्रीपरिषद्मा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको बोर्डको बैठकले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना विकास सम्झौता (पीडीए) को मस्यौदा मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।

बोर्डको अघिल्लो बैठकले सो परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरिसकेको छ । यसैबीच, लगानी बोर्डले ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाबारे भएको समझदारी पत्रको सम्वन्धमा चिनियाँ कम्पनी पावर चाइनालाई पत्राचार गर्ने निर्णय गरेको छ । चिनियाँ र नेपाली लगानीमा निर्माण हुने भनिएको आयोजनाको काममा कुनै प्रगति नभएपछि लगानी बोर्डले आयोजना बनाउने/नबनाउने भन्ने विषयमा पत्राचार गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया