ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धि चौतर्फी विरोधपछि फिर्ता

आश्विन १४, २०८० | काठमाडौं

चौतर्फी विरोधपछि नेपाल आयल निगमले खाना पकाउने ग्याससहित इन्धनको मुल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले चाडवाडको मुखैमा गरिएको मूल्यवृद्धि कार्यन्वयन नगर्न निर्देशन दिएपछि निगमले मूल्यवृद्धि फिर्ता लिएको हो ।

निगमले हिजो रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार आज राति १२ बजेपछि ग्याससहित इन्धनको मुल्य पुरानै कायम हुनेछ ।

खाना पकाउने एलपी ग्यासको एक हजार ८ सय ९८ , पेट्रोल प्रति लिटर १ सय ८३ , डिजेल र मटितेल १ सय ७३, तथा आन्तरिक हवाई इन्धन प्रतिलिटर एक सय ३६ रुपैँया कायम हुनेछ । 


प्रतिक्रिया