सुनको भाउ अहिलेसम्मकै उच्च

मंसिर १२, २०८० | काठमाडौं

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । मंसिर लागेसँगै सुनको मुल्य बढ्न थालेको हो ।

मंसिर १ गते छापावाल सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया