एक सातामा सुनको मुल्य प्रतितोलामा झण्डै ६ हजारले वृद्धि

श्रावण ३, २०८१ | काठमाडौं

नेपाली बजारमा सुनको मुल्य फेरि आकासिएको छ । पछिल्लो १ सातामा मात्रै सुनको मुल्य प्रतितोलामा ५ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो ।

गत असार २६ गते १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य लगातार बढेर हिजो प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेकै कारण नेपाली बजारमा पनि असर परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सरकारले सुन आयातको भन्सार दर बढाएपछि मूल्यमा समेत असर परेको महासंघले जनाएको छ । यसअघि सुन आयातमा १५ प्रतिशत भन्सार लाग्थ्यो ।

सरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट भन्सार दर ५ प्रतिशत बढाएर २० प्रतिशत पु¥याएको छ । अहिले कोटा प्रणाली अनुसार वाणिज्य बैंकले दिनको २० किलो सुन बिक्री गर्न पाउने व्यवस्था छ ।


प्रतिक्रिया