महेशपुर भन्सार कार्यालयमा लगातार तीन वर्ष लक्ष्यभन्दा कम राजश्व सङ्कलन

श्रावण २०, २०८१ | परासी

पश्चिम नवलपरासीको महेशपुर भन्सारमा लगातार तीन वर्ष लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको छ । 

२०७५ साल साउन १ गते छोटी भन्सारबाट मुल भन्सारको मान्यता पाएको सो कार्यालयमा पर्याप्त भौतिक  पूर्वाधार र जनशक्ती नहुँदा लक्ष्य अनुसार राजश्व सङ्कलन नभएको हो । 

आर्थिक वर्ष २०८०÷८१ मा १६ करोड ३५ लाख राजश्व सङ्कलनको लक्ष्य रहेकोमा १५ करोड ११ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ । जुन लक्ष्यको ९२ प्रतिशत भएकोे महेशपुर भन्सार कार्यलयका प्रमुख बुद्धिकुमार चुडालले बताउनुभयो ।

 भारततर्फ नजिकै कष्टम अफीस नहुनु र महेशपुर भन्सारका लागि आवश्यक भौतिक संरचना, कर्मचारी तथा प्राविधिक पक्षको कमीले लक्ष्य अनुसार राजश्व सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा ३३ करोड २६ लाख रुपैयाँ लक्ष्य रहेकोमा १० करोड ७३ लाख मात्र सङ्कलन भएको थियो ।

 चुडालका अनुसार आर्थिक वर्ष ०७८÷७९ मा ४५ करोड २६ लाख लक्ष्य निर्धारण भएकोमा जम्मा २२ करोड ३३ लाख मात्र राजश्व सङ्कलन भएको थियो ।  


प्रतिक्रिया