वीरगन्ज भन्सारमा तीन महिनामा ३९ अर्ब बढी राजस्व संकलन

कार्तिक ३, २०८१ | काठमाडौं

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ३९ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको जनाएको छ । 

कार्यालयले साउन, भदौ र असोज महिनामा गरी ३९ अर्ब ७ करोड ३९ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको हो । समिक्षा अवधिमा ५२ अर्ब ९९ करोढ ६३ लाख १० हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको सो भन्सार कार्यालयले लक्ष्यको ७३ दशमलव ७३ प्रतिशत राजश्व असूली गरेको छ ।

 राजश्व संकलनमा वीरगन्ज भन्सार मुलुककै अब्बल भन्सारको रुपमा स्थापीत छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै वीरगन्ज भन्सारले १३ अर्ब ४७ करोड ९६ लाख ७ हजार रुपैया राजश्व संकलन गरेको छ । असोज महिनामा दशैं, तिहार तथा छठ जस्ता पर्व नजिकिएसंगै आयातमा केही सुधार भएपछि यो महिनामा उत्साहजनक रुपमा राजश्व संकलन भएको हो । 

पछिल्लो समय आर्थिक गतिविधि चलायनमान हुँदै गएको र आयातमा समेत सुधार हुदै गएकाले राजश्व संकलनमा सकारात्मक परिमाण देखिन थालेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो । 


प्रतिक्रिया