मलेसियामा काम गर्ने श्रमिकको न्यूनतम तलब बृद्धि

कार्तिक ३, २०८१ | काठमाडौं

मलेसियामा सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम तलब बढेको छ । अर्थमन्त्री समेत रहेका मलेसियाका प्रधानमन्त्री अनवर इव्राहिमले संसद्मा आगामी आर्थिक वर्षको बजेट हिजो पेस गर्दै श्रमिकको न्यूनतम तलब वृद्धि भएको घोषणा गर्नुभएको हो ।

नयाँ कायम भएको न्यूनतम तलब १७ सय रिङ्गेट अर्थात करिब ५३ हजार नेपाली रुपैयाँ पुगेको छ । आगामी फेब्रुअरीबाट लागू हुने सो तलवबाट नेपाली श्रमिक पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । न्यूनतम बढाएलगत्तै नेपाली श्रमिकको न्यूनतम तलब पनि दुई सय रिङ्गेटले बढेको हो ।

वृद्धि भएको पछिल्लो तलब मेलेसियन नागरिक र आप्रवासी श्रमिकलाई समानरुपमा लागू हुने त्याँहाको सरकारले जनाएको छ । बढेको तलब आउँदो फेबु्रअरी १ देखि कार्यान्वयनमा आउने प्रधानमन्त्री इब्राहिमले बताउनुभयो । मेलेसियामा सन् २०२२ देखि न्यूनतम तलब १५ सय रिङ्गेट अर्थात ४७ हजार रुपैयाँ थियो ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले मलेसियामा सबैभन्दा बढी न्यूनतम तलब प्राप्त गर्ने बताईएको छ । यस्तै खाडी मुलुकमा कतारले मात्रै एक हजार रियाल अर्थात ३४ हजार रुपैयाँ निर्धारण गरेको छ ।

साउदी अरब, यूएई, कुवेतलगायत देशले न्यूनतम तलब तोकेका छैनन् । जसले गर्दा ती देशमा जाने श्रमिकको करारपत्र फेरबदल हुँदै आइरहेको छ ।


प्रतिक्रिया