विपद्पछिको राहत र पुननिर्माणलाई अनुदान प्राप्त हुने सामग्रीमा भन्सार छुट हुने

कार्तिक ४, २०८१ | काठमाडौं

सरकारले विपद्पछिको राहत र पुननिर्माणका लागि अनुदानमा प्राप्त हुने सामाग्रीहरूमा भन्सार छुट दिने निर्णय गरेको जनाएको छ । 

मन्त्रिपरिषद्को बैठकले विपद्जन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुनर्निर्माणका लागि अनुदानमा प्राप्त हुने मालवस्तुमा भन्सार महसुस छुट दिने निर्णय गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद्मा परेका नागरिकका लागि छिमेकी राष्ट्रहरू र दातृ निकायहरूबाट नेपाल सरकारलाई अनुदानमा प्राप्त हुने राहत र पुनर्निर्माणसम्बन्धी सामाग्रीहरूमा भन्सार महसुल छुट दिने निर्णय भएको जानकारी दिनुभयो ।

 विपद्बाट ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई समेत राहत, पुर्नस्थापाना र पुनर्निर्माणका लागि सहयोग गर्न आह्वान गरेको थियो । सोही अनुसार प्राप्त हुने सामाग्रीहरूको आयातलाई सहज बनाउन सरकारले भन्सार छुटको नीति लिएको हो । 


प्रतिक्रिया