सुनको मुल्यमा गिरावट
मंसिर ११, २०८१ | काठमाडौं
नेपाली बजारमा सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर आज एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजारमा हिजो प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर कारोबार भइरहेको हो ।
सरकारले सुनको आयातको भन्सार दर ५० प्रतिशतले घटाएसंगै हिजो सुन एकैदिन तोलाको १५ हजार ९ सय रुपैयाँले घटेको थियो ।
अस्ति आइतबार भने सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैबीच सुनसँगै चाँदीको मुल्य पनि घटेको छ ।
चाँदी प्रतितोला २५ रुपैयाँले घटेर आज १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको हो ।