बैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकद्वारा ब्याजदर पुरानै कायम

चैत्र ३१, २०८१ | काठमाडौं

भोलिबाट शुरु हुने नयाँ वर्ष २०८२ को बैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाको मुद्धति निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन् । 

नेपाल बैंकर्स एशोसिएसनका अनुसार १६ वटा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर राखिएको हो । वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर बढाएका छन् भने दुई वटाले घटाएका हुन् । वैशाखमा एक वर्षे मुद्धती निक्षेपको औसत अधिकतम ब्याजदर ६ दशमलव ०२ प्रतिशत र न्यूनतम ४ दशमलव ०६ प्रतिशत कायम भएको छ । 

चैतमा मुद्धती निक्षेपको औसत अधिकतम ब्याजदर ६ दशमलव ०१ र न्यूनतम ४ दशमलव ०५ प्रतिशत रहेको एशोसिएशनले जनाएको छ । जसअनुसार वाणिज्य बैंकहरुमा वैशाखका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ४ दशमलव ४१ प्रतिशत र न्यूनतम ३ दशमलव ०१ प्रतिशत कायम भएको छ । पछिल्ला हरेक महिना बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।  


प्रतिक्रिया