जेनजी आन्दोलनः २० अर्ब ७० करोडको बीमा दाबी

आश्विन ४, २०८२ | काठमाडौं
गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामाथि भएका क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४ सय ८२ बराबरको बीमा दाबी गरिएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दाबी परेको हो ।
प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा ४० वटा बीमा दाबी परेका छन् । मुलुकभर भएको जेनजीको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको थियो ।