सन्धिखर्क नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धन विजयी

असार १९, २०७४ | अर्घाखाँची

अर्घाखाँचीको सदरमुकामको सन्धिखर्क नगरपालिकामा कांग्रेस–माओवादी केन्द्र गठबन्धन विजयी भएको छ । प्रमुखमा एमालेका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठलाई १ हजार १ सय ३   मत अन्तरले हराउँदै कांग्रेसका कमलप्रसाद भुसाल विजयी हुनुभयो ।  
 
भुसालले ८ हजार २ सय ३० मत ल्याए । श्रेष्ठले ७ हजार १ सय २७  मत प्राप्त गर्नुभयो । माओवादीका ठाकुर कुमार विकले एमालेकी उम्मेदवार ईश्वरा पोखरेललाई  १ हजार ६१  मत अन्तरले पछि पार्दै उप–प्रमुखमा विजयी हुनुभएको छ ।
 
 विकले  ७ हजार ३ सय ६५  मत ल्याउनुभयो  । पोखरेलले  ६ हजार ४ सय ४  मत प्राप्त गर्नुभयो । सन्धिखर्क नगरको १२ वडामध्ये ६ वडाध्यक्ष  कांग्रेस ४ एमाले र १ वडाध्यक्ष माओवादीले जितेको छ । 
 


प्रतिक्रिया