समानुपातिकमा कांग्रेस पहिलो

रेडियो कान्तिपुर संवाददाता

मंसिर २६, २०७४ | बागलुङ

मंसिर १० गते सम्पन्न निर्वाचनमा बागलुङको प्रत्यक्ष र समानुपातिक मत परिणाम सार्वजनिक भएको छ । प्रत्यक्षतर्फ बाम गठबन्धन एकलौटी विजय भएको छ । समानुपातिक तर्फ भने कांग्रेस पहिलो भएको छ ।

आज बिहान सकिएको गणनामा समानुपातिकतर्फ कांग्रेसले ३६ हजार ६ सय ३८ मत ल्याएको हो । त्यस्तै एमालेले ३० हजार ६ सय ३५, राष्ट्रिय जनमोर्चाले १५ हजार ९ सय ३४ र माओवादीले १४ हजार ४ सय ५० मत ल्याएको मुख्य निर्वाचन अधिृकत प्रकाश प्रसाद पण्डितले बताउनुभयो । 

जिल्लामा संगठन नभएको विवेकशिल साझा पार्टीले १ हजार ३४ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २ सय १२ र नयाँ शक्ति पार्टीले ५ सय ३६ मत पाएका छन् । प्रदेशसभातर्फ पनि कुल मत परिणाममा कांग्रेस पहिलो भएको छ । कांग्रेसले ३३ हजार ६ सय ४०, एमालले २९ हजार ५४, राजमोले १६ हजार ७ सय २ र माओवादीले १३ हजार ८ सय ३ मत पाएका हुन् ।

प्रदेशसभामा धेरै मत बदर भएकोले मत संख्या पनि कम भएको पण्डितले बताउनुभयो । जिल्लामा १ लाख ६८ हजार २ सय ८२ मतदाता रहेकोमा १ लाख ८ हजार १ सय ५१ मत समानुपातिकमा खसेको थियो । जसमध्ये ६ हजार ६ सय ५३ मत बदर भएको थियो । प्रत्यक्षतर्फको गणनामा बाम गठबन्धनका तर्फबाट एमाले, माओवादी र राजमोका दुई/दुई उमेदवार विजयी भएका थिए ।

 


प्रतिक्रिया