स्याङजामा क्षेत्र नं २ क मा मोहन रेग्मी विजयी

मंसिर २६, २०७४ | स्याङ्जा

 -   स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर दुईको (क) मा वाम गठबन्धनका साझा उम्मेदवार मोहन रेग्मी विजयी हुनु भएको छ । दुई प्रतिनिधि र चार प्रदेश सभा क्षेत्र रहेको स्याङ्जामा बिहीबार सम्पन्न निर्वाचनबाट रेग्मी विजयी हुनु भएको हो । 

प्रतिद्वन्दी नेपाली कांग्रेसका विष्णु पौडेललाई ३४७३ मतले पछाडि पार्दै विजयी रेग्मी विजयी हुनु भएको हो । रेग्मीले १६ हजार ६ सय १३ मत प्राप्त गर्नुभयो भने पौडेलले भने १३ हजार १ सय ४० मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा गणना भएका कुल मत मध्ये ८३३ मत बदर भए ।

स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर दुईको (क) मा वाम गठबन्धनका साझा उम्मेदवार मोहन रेग्मी विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिनुभयो ।

रेग्मी र पौडेल दुवै जना पहिलो पटक निर्वाचनमा होमिएका थिए । 

 


प्रतिक्रिया