लमजुङमा एमाले समानुपातिकामा पहिलो

मंसिर २६, २०७४ | लमजुङ

 -  मंसिर १० गते सम्पन्न पहिलो चरणको मतदान अन्तर्गत प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फ लमजुङमा एमाले पहिलो दल बनेको छ । कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ । मंगलबार साँझ सम्पन्न मत परिणाम अनुसार एमालेले प्रतिनिधि सभातर्फ ३३ हजार ३ सय ९ मत ल्याएको छ ।

कांग्रेसले २७ हजार २ सय २९ मत पाएको छ । माओवादी केन्द्रले ७ हजार ८ सय ५ मत पाएको छ । राप्रपाले १ हजार ४ सय ७७, विवेकशील साझाले ८ सय ७०, नयाँ शक्तिले ७ सय ७३, संघीय समाजवादी फोरमले २ सय २९, राप्रपा प्रजातान्त्रिकले १ सय ८८, आमूल परिवर्तन मसिहा पार्टीले १ सय ८५ र नेकपा जनसमाजवादी पार्टीले १ सय ८० मत प्राप्त गरेको छ । कूल ४९ दल सूचिकृतमध्ये ५ दलमा मत परेको छैन । 

प्रतिनिधि सभातर्फ कूल १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेकोमा ७७ हजार २ सय १४ मत खसेको थियो । यसमा ७२ हजार ६ सय ६२ मत सदर भएको र ४ हजार ५ सय ५२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रदेश सभा (क) तर्फ एमालेले १३ हजार २ सय ७२ मत ल्याएको छ । कांग्रेसले १० हजार ४२ र माओवादी केन्द्रले ५ हजार ५ सय ७८ मत पाएको छ ।

राप्रपाले २ हजार ६ सय ६३,  नयाँ शक्तिले ७ सय ५, विवेकशील साझाले ३ सय ३७, संघीय समाजवादी फोरमले २ सय १४, राप्रपा प्रजातान्त्रिकले २ सय ७ र नेकपा जनसमाजवादी पार्टीले १ सय १२ मत पाएको छ । सूचिकृत २० चिह्न सबैमा मत परेको छ । 

कूल ५४ हजार ८ सय ९७ मतदाता रहेको प्रदेश (क) मा ३७ हजार ७ सय ४२ मत खसेको थियो । यसमा ३३ हजार ३ सय ३३ मत सदर भएको र ४ हजार ४ सय ९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रदेश सभा (ख) मा एमालेले १७ हजार ६ सय ३४ मत ल्याएको छ । कांग्रेसले १३ हजार ६ सय ३८ र माओवादी केन्द्रले ३ हजार २ सय ४३ मत पाएको छ । राप्रपाले ७ सय ९३, विवेकशील साझाले ४ सय ६९, नयाँशक्तिले १ सय ७५ र संघीय समाजवादी फोरमले १ सय ४३ मत पाएको छ । २० मध्ये २ चिन्हमा मत नपरेको निर्वाचन कार्यालयले जनाएको छ । कूल मतदाता ६० हजार ५ सय ५२ रहेकोमा ३९ हजार ४ सय ७२ मत खसेको थियो । ३६ हजार ३ सय ९१ मत सदर भएकोमा ३ हजार ८१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 

 


प्रतिक्रिया