सुनसरी – ३ मा गच्छदार अगाडि

मंसिर २७, २०७४ | सुनसरी

प्रतिनिधिसभा अन्तर्गत गणना बाँकी रहेको एक मात्रै सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनतर्फकी भगवती चौधरी र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका तर्फका विजय गच्छदारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

गच्छदारले ३६ हजार ८० मत प्राप्त गर्नुभएको छ भने चौधरीले ३५ हजार ५ सय ६१ मत प्राप्त गर्नुभएको छ । गच्छदार ५ सय १९ मतले अगाडी  हुनुहुन्छ । गच्छदार र चौधरीबीच यो तेस्रो पटकको प्रतिस्पर्धा हो । यसअघिका दुबै वटा निर्वाचनमा गच्छदारले चौधरीलाई पराजित गर्नुभएको थियो । अब ६ हजार ६ सय ५० मत गन्न बाँकी छ । 

 

 


प्रतिक्रिया