गच्छदार ५ सय २५ मतले अगाडि

रेडियो कान्तिपुर संवाददाता

मंसिर २७, २०७४ | सुनसरी

प्रतिनिधिसभा अन्तर्गत गणना बाँकी रहेको एक मात्रै सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनतर्फकी भगवती चौधरी र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका तर्फका विजय गच्छदारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

गच्छदारले ३७ हजार ५ सय ७५  मत प्राप्त गर्नुभएको छ भने चौधरीले ३७ हजार ५० मत प्राप्त गर्नुभएको छ । गच्छदार ५ सय २५ मतले अगाडी  हुनुहुन्छ । गच्छदार र चौधरीबीच यो तेस्रो पटकको प्रतिस्पर्धा हो । यसअघिका दुबै वटा निर्वाचनमा गच्छदारले चौधरीलाई पराजित गर्नुभएको थियो । अब ३ हजार ४ सय ४१ मत गन्न बाँकी छ । 


प्रतिक्रिया