समानुपातिकतर्फ ७० लाख मतगणना हुँदा एमालेको अग्रता कायमै

रेडियो कान्तिपुर संवाददाता

मंसिर २७, २०७४ | काठमाडौं

 -  प्रतिनिधि तथा प्रदेशसभा अन्र्तगत समानुपातिक तर्फको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । प्रतिनिधिसभा तर्फ करीब ७० लाख मत गणना हुँदा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी जपा नेपालले मात्र थ्रेसहोल्ड कटाएका छन् ।

निर्वाचन आयोगका अनुसार एमालेले २२ लाख ८१ हजार २ सय १८, कांग्रेसले २१ लाख ९२ हजार १ सय ५०, माओवादी केन्द्रले ९ लाख ३ हजार ५ सय ४० मत ल्याएका छन् । माओवादी केन्द्रको समानुपातिक मतमा समाजवादी जनता पार्टी र जनजागरण पार्टीको पनि जोडिएको हो । निर्वाचनमा उनीहरुले माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गरेका थिए ।

यस्तै संघीय समाजवादी फोरमको ३ लाख ९ सय ८६, राष्ट्रिय जनता पार्टी नेपालले २ लाख ३९ हजार ३ सय ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १ लाख ५० हजार ९ सय ३१ मत पाएका छन् ।

विवेकशील साझाको १ लाख ४८ हजार ३ सय ५१, नयाँ शक्तिको ६३ हजार १ सय ५०, राप्रपा प्रजातान्त्रिकको ५२ हजार ६ सय ५७, राष्ट्रिय जनमोर्चाको ३८ हजार २ सय ८३ र अन्य दलको २ लाख  २५ हजार २ सय  ८६ मत छ । प्रदेशसभा तर्फ पनि एमालेले सुरुवाती अग्रतालाई यथावत राखेको छ । 

 


प्रतिक्रिया