समानुपातिकतर्फ काभ्रे प्रतिनिधीसभा क्षेत्र न १ मा नेपाली कांग्रेस पहिलो

मंसिर २८, २०७४ | काभ्रे

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत काभ्रे प्रतिनिधीसभा क्षेत्र न १ मा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । प्रत्यक्षतर्फ कुनै सिट नजितेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने पहिलो दल बनेको हो ।

प्रतिनिधीसभा क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत राजन हमालका अनुसार खसेको कुल सदर मतमा ८६ हजार ७ सय ८५ मतमा नेपाली कांग्रेसले ३३ हजार ३ सय ५२, नेकपा एमालेले २७ हजार ३ सय १० र नेकपा माओवादी केन्द्रले २० हजार ३ सय ६६ मत प्राप्त गरेका छन् । चौथो भएको विवेकशील साझा नेपालीले १८ सय २५ र पाचौँ भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ सय ५९ मत प्राप्त गरेको छ । 

प्रतिनिधीसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा १ मा पनि नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । खसेको ४५ हजार ७३ मत मध्ये सदर भएको ४० हजार ३ सय ५ मतमा नेपाली कांग्रेसले १४ हजार ८ सय ६५, नेकपा माओवादी केन्द्र १३ हजार ४ सय ६८ मत र नेकपा एमालेले ९ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् । 

प्रतिनिधीसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा २ मा भने ९० मतले नेकपा एमाले पहिलो दल बनेको छ । खसेको ४८ हजार ४ सय २१ मध्ये सदर ४३ हजार २ सय मतमा नेकपा एमालेले १६ हजार ३ सय ३८, नेपाली कांग्रेसले १६ हजार २ सय ४८ र माओवादी केन्द्रले ६ हजार ५ सय ७७ मत प्राप्त गरेको छ । प्रतिनिधीसभा क्षेत्र नं २ र सो अन्तर्गतका प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । 

 


प्रतिक्रिया