६३४ जना मानपदवी, अलंकार पदकबाट विभुषित हुने 

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३, २०७६ | काठमाडौं

विभिन्न क्षेत्रमार्फत राष्ट्रलाई योगदान पुर्‍याउने ६ सय ३४ जना मानपदवी, अलंकार र पदकबाट विभुषित हुने भएका छन् । संविधान दिवसको उपलक्ष्यमा घोषणा गरिएका विभुषण एक विशेष समारोहका बीच प्रदान गरिने छ । 

नेपालको संविधानको धारा २ सय ७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती पदक प्रदान गर्नुहुनेछ । महाउज्वल राष्ट्रदीप (प्रथम श्रेणी) बाट स्वर्गीय मदनमणि दिक्षित र स्वर्गीय रविन्द्रप्रसाद अधिकारी प्रदान गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा संलग्न प्रा.डा. दिव्यासिंह शाह, तत्कालिन पर्यटन व्यवसायी स्व. आङ छिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा लगायत ७ जनालाई सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम श्रेणीबाट विभुषित हुने भएका छन् । 

उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई उज्जवल कीर्तिमय राष्ट्रदिप द्वितीय श्रेणीबाट सम्मानित गरिने गृहमन्त्रालयले जनाएको छ । 

जनसेवा श्री बाट रेडियो कान्तिपुरका स्टेशन म्यानेजर तथा कलाकार दिनेश डिसि सम्मानित हुनुहुने भएको छ । 

यस्तै, कलाकारहरु मनोज गजुरेल, टंक आचार्य, पहिलो नायिका भुवन चन्द, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, भैरब बहादुर थापा, नारायण देवी प्रधान, मनोज गजुरेल, निखिल उप्रेती, धिरज राई, स्वेता खड्का, पत्रकार गोपाल खनाल लगायत सम्मानित हुने भएका छन् । 

यस्तै दिवसको उपलक्ष्यमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफरिसमा २ सय ६० कैदीको भुक्तान हुन बाँकी कैद सजाय कट्टा गर्नुभएको हो ।


प्रतिक्रिया