'नेपाल आइडल सिजन ४’ का प्रतियोगी मगरलाई सहयोग

माघ २९, २०७८ | तिलोत्तमा

‘नेपाल आइडल सिजन ४’ का प्रतियोगी भैरहवाका भुपेन्द्र थापा मगरलाई जेसीआई सिद्धार्थ नेपालले सहयोग गरेको छ । भुपेन्द्रको भोटका लागि सहयोग रकम हस्तान्तरण गरिएको सो संस्थाले जनाएको छ । 

भैरहवास्थित जेसीआई सिद्धार्थ सचिवालयमा आयोजित एक कार्यक्रमकाबीच भुपेन्द्रका बुवा सेरु थापा र आमा रत्ना थापालाई २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको कार्यक्रम संयोजक दीपक सापकोटाले बताउनुभयो । 

कार्यक्रममा जेसीआई सिद्धार्थ नेपाल वर्ष २००६ का अध्यक्ष ओम कुमार श्रेष्ठले ‘भुपेन्द्र जिताउ अभियान’ सहयोगार्थ सहयोग गरिएको बताउनुभयो । 

दरखसवा आमा समूहद्वारा सुरु गरिएको अभियानलाई थप बल पुर्याउन सो रकम प्रदान गरिएको उहाँले बताउनुभयो । ‘नेपाल आइडल सिजन ४’ एपीवान टेलिभिजनबाट प्रत्येक हप्ता बिहीबार र शुक्रबार प्रसारण भईरहेको छ । 


प्रतिक्रिया