कमेडी च्याम्पियन सिजन ३ को टाइटल स्पोन्सरमा रेड्बुल इनर्जी ड्रिंक्स

माघ १९, २०८० | काठमाडौं

फाल्गुण ३ र ४ गतेबाट प्रसारणको तयारी हुने लाग्दा नेपालको सर्वाधिक लोकप्रिय इनर्जी ड्रिंक्स रेडबुल नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सीजनको टाइटल स्पोन्सरमा अनुबन्धित भएको छ ।

एडी रिलिज ग्रुपका अध्यक्ष हरिशरण सुबेदी, कान्तिपुर टेलिभिजनका सिइयो शिशिर पछाई र नेपाल स्थित रेड्बुल उत्पादक कम्पनी सरस बेभरेजका जनरल मेनेजर निर्भिक प्रधानबीच सम्झौता भएको छ । कार्यक्रमको लक्षित दर्शक र प्रबर्धन रणनीतिले रेडबुल ब्रान्डलाई उपभोक्ता बीच अझै निकट बनाउने उदेश्यले अनुबन्धित भएको कम्पनीको भनाई छ ।

यसै गरि गएको माघ १० गते एक कार्यक्रमका बीच डिश मिडिया नेटवर्क,आईएमई लाईफ इन्श्योरेंस र एडी रिलिज बीच कार्यक्रमको पावर्ड बाई क्याटेगोरीमा सम्झौता भैसकेको छ । सपोर्टेड बाई क्याटेगोरीमा केडिया अर्गनाइजेसनको यति कार्पेट, जोय पपया सन, गोल्डस्टार सुज, दुगर ग्रुप, श्रीकेश हेयर ओइल, एक्स्पर्ट एडुकेसन एण्ड भिसा सर्भिसेज, कमेडी च्याम्पियन सिजन ३ मा अनुबन्धित भईसकेका छन् ।

भोटिंग पार्टनर खल्ती, स्टाइलिस पार्टनर डिभान युनिसेक्स सलुन, वार्डरोब पार्टनर त्रिशुल छ । चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् ।

यस सीजनका विजेताले पनि नगद रु २५ लाख तथा सोहि बराबरको गाडि जित्नेछन । भने टेलिभिजनको प्रशारण सकिने बित्तिकै ओयसआर रियालिटीमा यो कार्यक्रम हेर्न सकिनेछ। डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री–जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाईएको थियो ।

तेस्रो सीजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलका देखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म, यी नयाँ कमेडियनहरुको प्रस्तुती हेर्न तथा पेट मिची मिची हाँस्न अब धेरै कुर्नु पर्ने छैन ।


प्रतिक्रिया