अरुण थापा स्मृति दिवस मनाइयो

रेडियो कान्तिपुर संवाददाता

श्रावण १०, २०७९

भक्तपुर सांगीतिक समाजले २३ औ अरुण थापा स्मृति दिवस मनाएको छ । भक्तपुर ,सल्लाघारीमा आयोजित कार्यक्रममा विभिन्न कलाकारहरुले अरुण थापाका गीतहरु प्रस्तुत गरेका थिए । भक्तपुर सांगीतिक समाजले लगातार पाचौ पटक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार दीपक जंगमले अरुण थापा समकालीन भएको र उनलाई तत्कालीन समाज र राज्यले चिन्न नसकेको गुनासो गरे । थापालाई उनको आवाजले युगौंसम्म जिवन्त राख्न जंगमको भनाई थियो । कार्यक्रममा अरुण थापा स्मृति सम्मानबाट कवि तथा गीतकार दिनेश अधिकारीई सम्मानित गरीएको छ । 


प्रतिक्रिया