‘याद किन यस्तो आउछ’ सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

भाद्र १९, २०७९

गीतकार युद्ध ओलीको नयाँ युगल गीत ‘याद किन यस्तो आउछ’ सार्वजनिक भएको छ । प्रमोद खरेल तथा अस्मिता अधिकारीको स्वर रहेको गीतमा राजेश थापाको संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा प्रकाश सपुत, रिचा थापा तथा निक शर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई कृष्णदेव रूपाखेतीले निर्देशन गरेका छन् । भिडियोमा सुनिल क्षत्रीको कोरियोग्राफी छ भने छायांकन दुर्गा पौडेल तथा सम्पादन विकास ज्ञवालीको छ ।


प्रतिक्रिया