१५ औं दक्षिण एसियाली शारिरिक सुगठनमा नेपाललाई १ स्वर्णसहित ३ रजत पदक

जेष्ठ ३०, २०८२ | काठमाडौं
भुटानको थिम्पुमा आयोजित १५ औं दक्षिण एसियाली शारिरिक सुगठन प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत पदक जितेको छ । महिला एथलेटिक फिजिक समूहमा नेपालकी उर्मिला श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । सोही समूहमा नेपालकै शीला ठकुरीले रजत पदक हात पारिन् ।
पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत पदक जिते भने पुरुष स्पोट्र्स फिजिक १ सय ७५ सेन्टिमिटर मुनीको समूहमा अवतार श्रेष्ठले रजत पदक जिते । त्यस्तै, पुरुष स्पोट्र्स फिजिक १ सय ७५ सेन्टिमिटर माथिको समूहमा प्रनिश श्रेष्ठले पाँचौं स्थान प्राप्त गरे ।
प्रतियोगितामा नेपालबाट पाँच खेलाडी शरद सुवाल, प्रनिश श्रेष्ठ, अवतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शीला ठकुरी सहभागी थिए । पाँचमध्ये चार खेलाडीले पदक जितेका हुन् ।