संसदमा विपक्षीको नाराबाजीबीच गृहमन्त्रीको सम्बोधन, आफू पदमा बस्न योग्य रहेको दाबी

जेष्ठ ३०, २०८२ | काठमाडौं
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएकाले राजीनामा नदिने बताउनुभएको छ ।
रास्वपाको नाराबाजीबीच प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लेखकले आफू पदमा बस्न योग्य रहेको समेत बताउनुभयो ।
उहाँले प्रमाणबिना चरित्र हत्या गर्नु संसद्को मर्यादा विपरीत भएको बताउनुभयो। रास्वपालाई लक्षित गर्दै लेखकले पार्टी कार्यालयमा बोलाएर आफ्नाविरुद्ध नक्कली पीडित खडा गरेर उजुरी दर्ता गराउने प्रयास भइरहेको र त्यसको छानविन हुने बताउनुभएको थियो ।