इजरायलद्वारा इरानमा राइजिङ लायन नामक सैन्य कारवाही सुरु

जेष्ठ ३०, २०८२ | काठमाडौं
इजरायलले इरानमा राइजिङ लायन नामक सैन्य कारवाही सुरु गरेको छ । इरानलाई आणविक हतियारको उत्पादन गर्नबाट रोक्न सो आक्रमण गरिएको इजरायलले जनाएको छ ।
इजरायलको अस्तित्वका लागि सो आक्रमण निर्णायक भएको समेत प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउनुभएको छ । यसैविच, इरानले प्रतिशोध स्वरुप १ सय वटा ड्रोन प्रहार गरेको इजरायलको दावी छ । इरानले प्रतिशोधात्मक आक्रमण गर्ने भन्दै इजरायलमा आपतकालको घोषणा गरिएको छ । यस्तै, अमेरिकाले इरानी हमलामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेको छ ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिका तथा आफ्ना कर्मचारीलाई निशाना नबनाउन इरानलाई चेतावनी दिनुभएको छ । यसैविच, इजरायलले इरानमा हमला गरेसंगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेर प्रतिव्यारेल ३ डलर भन्दा बढीले उकालो लागेको छ ।