कांग्रेसद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान

जेष्ठ ३०, २०८२

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि कार्यसमिति बैठक बोलाएको हो । 

आगामी असार १५ गते दिउँसो १ बजे बस्ने बैठकमा पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया