स्थलमार्ग हुँदै नेपाल आउने भारतीय पर्यटकले ५ हजार डलर ल्याउन पाउने

जेष्ठ ३०, २०८२ | काठमाडौं

सरकारले नेपाल घुमफिरमा आउने भारतीय पर्यटकलाई स्थलमार्गबाट ५ हजार डलर बराबर मुद्रा ल्याउन सक्ने गरी व्यवस्था गरेको छ । 

सरकारले राजपत्रका सूचना प्रकाशित गर्दै नेपाल भ्रमणमा हवाई वा स्थलमार्गबाट नेपाल आउने भारतीय नागरिकले ५ हजार अमेरिकी डलर बराबरको ट्राभल्स चेक ल्याउन सक्ने व्यवस्था गरेको हो ।

 त्यस्तै, तोकिएको बढी डलर ल्याउनुपरे भन्सारबिन्दुमा घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, विवाहलगायतका सामाजिक कार्यमा भारतबाट आउने यात्रलुे स्व–प्रयोजनका लागि ल्याउने गहना फर्कंदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्ने नयाँ व्यवस्था गरिएको छ ।

 त्यसैगरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा एक थान नयाँ मोबाइल ल्याउन पाउने व्यवस्था छ । 


प्रतिक्रिया