“शेर्वा – द लाइफ अफ हिमालय” सन् २०२६ मा विश्व प्रदर्शन हुँदै

श्रावण २५, २०८२ | काठमाडौं

शेर्पा समुदायको साहसिक जीवन र सांस्कृतिक सम्पदालाई समेट्ने नेपाली चलचित्र “शेर्वा – द लाइफ अफ हिमालय” सन् २०२६ मा विश्वभर प्रदर्शन हुने तयारीमा छ।

शेर्पा फिल्म्स र ८ के एक्सपेडिसनको सहकार्यमा बन्न लागेको यो चलचित्रले हिमाली जनजीवनलाई भावनात्मक र दृश्यात्मक रूपमा प्रस्तुत गर्नेछ। 

कथा कर्मा शेर्पाको रहेको यस चलचित्रको पटकथा सुमन गजमेरले लेखेका हुन्। निर्देशन कर्मा शेर्पा र दुर्लव जन्तरेले गरेका छन्।

मुख्य भूमिकामा बुद्धि तामाङ छन् भने अन्य पात्रहरू खुला अडिसनबाट छानिनेछन्।

निर्देशकहरूले भनेका छन्, “हामी हिमाली संस्कृतिको कथा विश्वसामु पुर्‍याउन चाहन्छौं, जहाँ साहस र आत्मबलको कहानी छ।”

चलचित्रले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पनि सहभागिता जनाउने योजना बनाएको छ। “शेर्वा” नेपाली सिनेमामा हिमाली जीवनको नयाँ अध्याय बन्ने विश्वास गरिएको छ।


प्रतिक्रिया