हराएको मानिस सर्पको पेटभित्र

रेडियो कान्तिपुर संवाददाता

चैत्र १७, २०७३ | काठमाडौं

इन्डोनेशियामा केही दिनदेखि हराईरहेका एक मानिस अजिंगरको पेटभित्र मृत फेला परेका छन् । सुलावेशी टापुबाट खेती गर्न निस्केका २५ बर्षीय अकबर गत आईतबार हराएका थिए ।

खोजीको क्रममा स्थानीय प्रहरीले घरनजिकको फार्ममा निकै ठुलो अजिंगर भेटाएपछि मान्छे खाएको हुनसक्ने आशंकामा अजिगंरलाई चिरेर हेर्दा त्यहाँ अकबरको शरीर भेटिएको हो ।

संसारको सबैभन्दा ठुलो सर्प मानिने अजिगंरले मान्छेलाई कमै शिकार गर्ने गर्छ । अजिंगरको मुख्य आहारा विशेषगरी बंदेल, कुकुरहरु हुने गर्छन् ।

 


प्रतिक्रिया