कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

फाल्गुन २१, २०७४ | काठमाडौं
नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । आज भएको मतदानमा देउवाले ४४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिष्पर्धी नेता प्रकाशमान सिंहले १९ मत ल्याउनुभयो । सर्वसहमतिको प्रयास असफल भएपछि कांग्रेसको संसदीय दलको नेताका लागि आज विहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भएको मतदानमा प्रतिनिधिसभाका ६३ सांसदले मतदान गरेका थिए ।
देउवाले जित्ने निश्चित हुँदा पनि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सिंहलाई उम्मेदवार बनाएको थियो ।