रोबोट सोफिया नेपाल आउन

चैत्र ६, २०७४ | काठमाडौं
मानव आकृति भएको रोबोट सोफिया नेपाल आउने भएकी छिन् । साउदी अरब सरकारबाट नागरिक घोषणा भएसँगै नागरिकता पाएकी सोफीयाले काठमाडौंमा हुने एक कार्यक्रममा सहभागीता जनाउने छिन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपी सहित अन्य साझेदारले आयोजना गरेको सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा सोफियाले मन्तब्य दिने छन् । उनी आजै साँझ काठमाडौं आउने बताईएको छ ।
हङकङको ह्यान्सन रोबोटिक्सले सोफियाको निर्माण गरेको हो । साउदी सरकारले सोफियालाई महिलाको नाममा नागरिकता दिएको छ । सोफियामा प्रयोग भएको क्यामरा र आवाज चिन्ने क्षमताका कारण मानिसको आवाज पहिचान गर्ने गरेकी छन् ।