सुपरवग्स खतरनाक किटाणु

जेष्ठ ६, २०७३ | एजेन्सी
मानव स्वास्थ्यमा गम्भिर असर गर्ने सुपरवग्स नामक किटाणु वढ्दो क्रममा रहेको एक स्वास्थ्य अनुसन्धानले देखाएको छ ।
सन २०५० सम्मा प्रत्येक ३ सेकेण्डमा १ जनाको ज्यान लिनसक्ने गरि किटाणु वढीरहेको अध्ययन प्रतिवेदनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सो किटाणुले विश्वप्यापी रुपमानै खतरनाक युगतर्फ धकेलिरहेको भन्दै सचेतनाका लागि खरबौं डलर खर्चनुपर्ने आवश्यक्ता विज्ञहरुले औंल्याएका छन् ।
पुर्व सावधानी अपनाउन अहिलेदेखि नै कदम चाल्नुपर्ने उनीहरुको सुझाव छ । सर्वसाधरणलाई सचेतना गराउँदै सुपरवग्स विरुद्धको औषधी निमार्णमा अहिले देखिनै जुट्नु पर्ने तर्फ विज्ञहरुलmे सम्बन्धित क्षेत्रलाई सचेत गराएका छन् ।
विज्ञहरुले सो किटाणुको संक्रमण आतकंबाद विरुद्धको चुनौती सामाना गर्नुभन्दा पनि खतरनाक हुन सक्ने भन्दै चेतावनी दिएका छन् ।