अस्ट्रेलियाका अध्यागमन मन्त्रीद्धारा नेपालीको प्रशंसा

मंसिर ६, २०७६ | अस्ट्रेलिया

— अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्री डेभिड कोलम्यानले नेपालीहरुले अस्ट्रेलियालाई बहुसांस्कृतिक देश निर्माणका लागि उच्च भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।

मन्त्री कोलम्यानलाई स्वागत तथा बधाई दिन नेप्लिज पेन्टहस्ट सोसाईटीले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल र अस्ट्रेलियाको द्धिदेशीय सम्बन्ध ६० बर्ष पुग्न लागेको स्मरण गर्दै भविश्यमा अझ मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले नेपाली बिद्यार्थी तथा नेपाली समुदायले अस्ट्रेलियाली अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलिरहेको बताउँदै आफु नेपाली समुदायसँग भविश्यमा मिलेर काम गर्न इच्छुक रहेको सुनाउनुभएको थियो । उहाँले भन्नुभयो, ‘नेपालीहरु मेहनती र मिलनसार  र विश्वासिलो मात्र नभएर उनीहरुले अस्ट्रेलियालाई बिभिन्न माध्यमबाट पुरयाएको योगदानका लागि म धन्यवाद दिन चाहन्छु ।’ 

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहालले नेपाल सदैव अस्ट्रेलियासँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले नेपालमा अहिले लगानीका लागि राम्रो वातावरण रहेको जानकारी गराउँदै उर्जा, कृषि लगायतका क्षेत्रहरुमा लगानी बढाउनका लागि समेत आग्रह गर्नुभयो ।

दाहालले आफु नेपाल र नेपाली समुदायका लागि काम गर्ने बताउँदै यहाँ रहेका नेपालीहरुका कुनै समस्या भए त्यसलाई स्थानीयूतरमा र सरकारी तवरमा लगेर समस्याको हल खोजिने बताउनुभयो ।

उहाँले नेपाल भ्रमण बर्ष २०२० को जानकारी दिदै नेपाल भ्रमणका लागि समेत आग्रह गर्नुभयो । अवैतनिक महावाणिज्युदुत दीपक खड्काले अहिले भइरहेको सीमा विवादका बारेमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । 

 


प्रतिक्रिया